न्यान्सी पेलोसीले बाइडेनलाई भनिन् – ट्रम्पलाई हराउन सक्नुहुन्न

नेपालभ्युज

न्यान्सी पेलोसीले बाइडेनलाई भनिन् – ट्रम्पलाई हराउन सक्नुहुन्न

काठमाडौं । अमेरिकाकी पूर्वसभामुख न्यान्सी पेलोसीले जो बाइडेनलाई आगामी राष्ट्रपति चुनाव जित्न नसक्ने बताएकी छन् ।

सीएनएनकाअनुसार पेलोसीले बाइडेनलाई गोप्य रूपमा भनेकी थिइन्, ‘चुनावमा डोनाल्ड ट्रम्पलाई हराउन सक्नुहुन्न । दोस्रो कार्यकालको खोजी जारी राखे नोभेम्बरमा डेमोक्र्याटको सभा जित्ने सम्भावना समाप्त हुन्छ ।’

ट्रम्प र भान्स सत्तामा आउने सम्भावनाबाट डराउने देशहरू

जवाफमा बाइडेनले चुनावको बारेमा रक्षात्मक रूपमा वर्णन गरे । पेलोसी बाइडेनको दलकी नेत्री हुन् ।

गत जुन २७ मा ट्रम्पसग भएको डिबेटमा बाइडेनको कमजोर प्रदर्शन भएको थियो । डिबेटपछि ट्रम्पको लोकप्रियता बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved