अमेरिकी राष्ट्रपति बाइडेन कोभिड संक्रमित, चुनावी कार्यक्रम प्रभावित

नेपालभ्युज

अमेरिकी राष्ट्रपति बाइडेन कोभिड संक्रमित, चुनावी कार्यक्रम प्रभावित

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएपछि बाइडेन अहिले आराम गरिरहेका छन् । राष्ट्रपति बाइडेनलाई उपचारपछि निजी निवासमा आइसोलेट गराइएको ह्वाइटहाउसले जनाएको छ ।

नाकबाट पानी बग्ने र खोकी लाग्नेलगायत श्वासप्रश्वाससम्बन्धी लक्षण देखिएका छन् ।

यसअघि पनि बाइडेन दुई पटक संक्रमित भइसकेका छन् ।

बुधबार लास भेगासको चुनावी सभामा भाग लिएपछि बाइडेनमा कोभिडका लक्षणहरु देखिएका थिए ।

८१ वर्षीय बाइडेनमाथि उमेद्वार नबन्न चर्को दबाब परिरहेका बेला उनी कोभिड संक्रमित भएका छन् ।

चुनावी सभामा व्यस्त रहनुपर्ने समयमा कोभिडका कारण बाइडेन कोठा भित्र बस्नु पर्ने भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved