वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले पाए सफाइ

नेपालभ्युज

वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले पाए सफाइ

काठमाडौं । नेपाल आइडल सिजन-२ का विजेता गायक रवि ओडले वैवाहिक बलात्कार मुद्दामा अदालतबाट सफाइ पाएका छन् ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश चाणकमणि अर्यालको इजलासले ओडलाई निर्दोष ठहर गरेको हो ।

ओडविरूद्ध अभियोगमा दाबी नपुगेकाले सफाइ दिइएको अदालतले जनाएको छ ।

रविले मोडलको फोटो पोस्ट गर्दै ‘समथिङ न्यू’ भनेपछि पत्नीले हालिन् ‘बलात्कार’ मुद्दा

वैवाहिक बलात्कारको आरोप लगाउँदै उनकी श्रीमतीले गत चैत २० गते उजुरी दिएकी थिइन् । पछि ओडले प्रहरीमा आत्मसर्मपण गरेका थिए । जेठ ३ गते ५ लाख धरौटी तिरेर उनी थुनामुक्त भएका थिए।

रविले आफूलाई प्रेम विवाह गरे तापनि श्रीमतीको रूपमा व्यवहार नगरेको, समय नदिएको र जिम्मेवारी ननिभाएको आरोप जाहेरीमा लगाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved