एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको प्रकोप कमिश्नरको कार्यालयसम्म पुगेको छ। दिल्ली पुलिस कमिश्नर राकेश अस्थानाका ओएसडी रोमिल बानिया र दिल्ली पुलिसका प्रवक्ता एवं एडिशनल सीपी क्राइम चिन्मय विश्वाल कोरोनाबाट संक्रमित भएका हुन्।
उनीहरू अहिले होम आइशोलेसनमा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यस्तै १७ सयभन्दा धेरै प्रहरी कोरोना भाइरसले संक्रमित भइसकेका छन्। अधिकांश प्रहरीले घरमै बसेर आफ्नो उपचार गराइरहेका छन्।
दिल्लीमा संक्रमणदर २५ प्रतिशतभन्दा धेरै पुगिसकेको छ। यस्तो अवस्थामा पनि दिल्ली पुलिसका जवान लगातार ड्यूटी गरिरहेका छन्। रात्रि कर्फ्यूदेखि लिएर साप्ताहिक कर्फ्यूको पालन गराउनमा प्रहरी लगातार जुटेका छन्। र, उनीहरू स्वयं कोरोनाको चपेटमा आएर संक्रमित भइरहेका छन्। भारत सरकारले फ्रन्टलाइनमा खटिनेहरूलाई बुस्टर डोज लगाउन आग्रह गरेको छ।
Facebook Comment
Comment