सूर्यकुमारलाई टी-२‍० कप्तान बनाउन मुख्य चयनकर्ता आगरकर र गम्भीर सहमत !

नेपालभ्युज

सूर्यकुमारलाई टी-२‍० कप्तान बनाउन मुख्य चयनकर्ता आगरकर र गम्भीर सहमत !

काठमाडौं । जुलाई २७ बाट श्रीलंकाविरूद्ध सुरु हुने तीन खेलको टी-२० सिरिजमा भारतीय टोलीको कप्तानी हुने दौडमा सूर्यकुमार यादवले हार्दिक पाण्डेयलाई पछि पारेका छन् ।

सन् २०२३ को एकदिवसीय विश्वकप र सन् २०२४ को टी-२० विश्वकप बीचमा रोहित शर्माको अनुपस्थितिमा हार्दिकले यस ढाँचामा धेरै पटक कप्तानी गरेका थिए ।

रोहितले वेस्ट इन्डिजमा विश्वकप जितेपछि यो ढाँचाबाट सन्यास लिए र त्यसपछि हार्दिकले उनको स्थान लिने विश्वास गरिएको थियो तर, मुख्य चयनकर्ता अजित आगरकर र प्रशिक्षक गौतम गम्भीरबीचको भेटमा धेरै परिवर्तन भयो ।

तर, बीसीसीआईले उनहरुको कुरामा सहमति जनाउने हो कि होइन त्यो हेर्न बाँकी छ ।

श्रीलंकाविरूद्धको टी–२० शृंखला जुलाई २७ देखि ३० सम्म पल्लेकेलेमा खेलाइनेछ भने अगस्ट २ देखि ७ सम्म कोलम्बोमा तीन एकदिवसीय खेल हुनेछ । टोली छिट्टै घोषणा गर्ने तयारी छ ।

स्रोतका अनुसार आगरकर र गम्भीरले सन् २०२६ को टी–२० विश्वकपसम्म सूर्यकुमारलाई यो फर्म्याटको कप्तानको रूपमा हेरिरहेका छन् ।

धेरैजसो चोटले पिडित हार्दिकले दुई वर्षपछि भारतमा हुन लागेको टी-२० विश्वकपसम्म कति खेल खेल्ने भन्ने यकिन नभएको विश्वास छ ।

यस विषयमा हार्दिकसँग छलफल पनि भएको छ । यदि यस्तो भयो भने गम्भीर प्रशिक्षक बनेपछिको महत्वपूर्ण निर्णय हुनेछ । सूर्यकुमारले गत वर्ष दक्षिण अफ्रिका भ्रमणमा टी–२० टोलीको कप्तानी गरेका थिए ।

यस निर्णयमा रोहितको प्रभाव पनि देखिन्छ किनभने श्रीलंकाविरूद्धको एकदिवसीय शृंखलामा विश्राम लिइरहेका रोहित एकदिवसीय र टेस्टमा भारतीय टोलीको पूर्णकालिक कप्तान हुन् ।

यस वर्षको आईपीएल अघि मुम्बई इन्डियन्सले रोहितलाई हटाएर हार्दिकलाई कप्तान बनाएको थियो, त्यसपछि यी दुई खेलाडीबीच ठूलो खाडल भयो । तर, हार्दिकले रोहितको कप्तानीमा टी–२० विश्वकप जिताउन महत्वपूर्ण योगदान पुर्याएका थिए ।

फाइनलमा उनले १७औं ओभरको पहिलो बलमा अर्धशतक बनाएर खेलिरहेका दक्षिण अफ्रिकी ब्याट्सम्यान हेनरिक क्लासेनको विकेट नलिने भए भारतीय टोलीलाई जित्न गाह्रो हुने थियो ।

त्यो जितपछि रोहित र हार्दिकबीचको दूरी कम भएको देखिन्छ । यद्यपि रोहित र सूर्यकुमार सधैं एकअर्काको धेरै नजिक छन् । सूर्यकुमार पनि मुम्बई इन्डियन्सको एक हिस्सा हो । गम्भीरले भविष्यमा रोहितसँग थप काम गर्नुपर्छ ।

बीसीसीआई सेक्रेटरी जय शाहले रोहितलाई प्रशिक्षकका लागि गम्भीरको नाम सिफारिस गर्दा भारतीय कप्तानले यसमा सहमति जनाएका थिए ।

यद्यपि, बीसीसीआई सचिवले गुजरातबाट आएका हार्दिकलाई धेरै मन पराउँछन् । यस्तो अवस्थामा अग्रकर र गम्भीरले आफ्नो निर्णयलाई कसरी कार्यान्वयन गर्न सक्छन्, त्यो हेर्न बाँकी छ ।

बीसीसीआई स्रोतले भने कि हार्दिक टी-२० विश्वकपमा टोलीको उपकप्तान थिए तर अब अवस्था परिवर्तन भएको छ र लामो अवधिको गोलको बारेमा सोचिरहेको छ । उनी श्रीलंकाविरूद्धको तीन खेलको टी–२० सिरिजका लागि उपलब्ध हुनेछन् ।

यद्यपी, स्टार अलराउन्डरले व्यक्तिगत कारणले तत्कालै हुने तीन खेलको एकदिवसीय शृंखलाबाट ब्रेक लिनेछन् ।

टी–२० मा शुभमन गिललाई उपकप्तान बनाइने भएको छ । गिलको कप्तानीमा हालै जिम्बाब्वेविरूद्धको टी–२० सिरिजमा भारतीय टोलीले ४–१ ले जितेको थियो ।

एकदिवसीय शृंखलाका लागि शुभमन गिल वा केएल राहुललाई टोलीको कप्तानी दिन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved