काठमाडौं । बलिउड अभिनेता विक्की कौशलले पत्नी कट्रिना कैफको गर्भावस्थाको बारेमा फैलिएको अफवाहमा प्रतिक्रिया दिएका छन्।
विक्की आफ्नो आगामी फिल्म ‘ब्याड न्युज’ को प्रमोशनका लागि दिल्ली गएका थिए, जहाँ पत्रकार सम्मेलनमा मिडियाले उनलाई कट्रिनाको गर्भावस्थाको बारेमा प्रश्न गरेका थिए ।
जवाफमा विक्कीले भने, ‘अहिलेको लागि तपाईँ नराम्रो समाचारको आनन्द लिनुहुन्छ, जब राम्रो समाचार आउँछ हामी तपाईँलाई अवश्य सेयर गर्नेछौं ।’
यो पहिलो पटक होइन जब कट्रिनाको गर्भावस्थाको खबर बाहिर आएको हो । यसअघि पनि लन्डनबाट कट्रिनाको एउटा भिडियो भाइरल भएको थियो जसमा उनका पति विक्की उनको हात समातेर हिँडिरहेको देखिएका थिए ।
भाइरल भिडियोमा कट्रिना लामो लुगा लगाएर बिस्तारै हिँडिरहेको देखिएकी छिन् । यस्तो अवस्थामा यी अभिनेत्री चाँडै आमा बन्न लागेकी भन्ने चर्चा प्रयोगकर्तामा सुरू भएको थियो । तर, यी सबै बीचमा अभिनेत्रीले गर्भवती भएको खबरलाई अस्वीकार गरेकी थिइन् ।
वर्कफ्रन्टमा कट्रिनाको अन्तिम फिल्म ‘मेरी क्रिसमस’ थियो । नायिका विगत ५ महिनादेखि ब्रेकमा छिन् ।
पछिल्लो समय विक्की आगामी फिल्म ‘ब्याड न्यूज’ को रिलिज र फिल्म ‘छावा’ को सुटिङमा व्यस्त छन् ।
विक्कीको अर्को फिल्म ब्याड न्यूज जुलाई १९ मा रिलिज हुँदैछ ।
कैटरीना र विक्कीले राजस्थानको सवाई माधोपुरको सिक्स सेन्सेस रिसोर्टमा ९ डिसेम्बर २०२१ मा परम्परागत हिन्दू परम्परामा विवाह गरेका थिए।
Facebook Comment
Comment