एक महिनाभित्र जनताले अनुभुति गर्ने काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

नेपालभ्युज

एक महिनाभित्र जनताले अनुभुति गर्ने काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्र जनताले अनभुति हुनेगरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । सोमवार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकमा उनले सो निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन् ।

त्यसैगरी प्रधानमन्त्री ओलीले ६ महिनाभित्र जनतालाई सरकारले आश्वस्त पार्ने र परिणाम आउने गरी काम गर्न मन्त्रीलाई सचेत गराएका थिए । ६ महिनाभित्र जनतालाई ढुक्क हुने स्थिति बनाउने र एक वर्ष भित्र इन्डिकेटरको हिसावले पनि देखिने गरी परिणाममुखि काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीले निर्देशन दिएको पनि प्रवक्ता गुरुङले बताए। उनले विकास, निर्माणको काम, उत्पादन वृद्धिको काममा आपसी समन्वय गरेर अघि बढ्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन गरेका थिए । सरकारलाई असफल हुने छुट नभएकाले त्यो अनुसार आपसी समन्वय गरेर काम गर्न मन्त्रीलाई प्रधानमन्त्रीले निर्देशन दिएको प्रवक्ता गुरुङको भनाई थियो ।

उनले भने, ‘प्रधानमन्त्रीज्युले मन्त्रीहरुलाई केही महत्वपूर्ण निर्देशनहरु दिनुभएको छ । अहिलेसम्म हाम्रो के छ भने कामका एउटा मन्त्रालय र अर्को मन्त्रालयको बीचमा समन्वय नै नहुने । भौतिक पूर्वाधार मन्त्रालयले सडक बनाउँछ । खानेपानी आएर ब्वाङ्ग भत्काएर पानीको पाईप लैजान्छ । अनि त्यसले त्यो त्यत्तिकै छोडिदिन्छ । खानेपानी मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीच समन्वय छैन ।’

प्रधानमन्त्री ओलीले राष्ट्र र राष्ट्रिय हितको पक्षमा पनि दृढतापूर्वक उभिँदै काम गर्न मन्त्रीलाई सचेत गराएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved