सीमलताल दुर्घटना : नारायणी नदीमा एक व्यक्ति मृत भेटिए

नेपालभ्युज

सीमलताल दुर्घटना : नारायणी नदीमा एक व्यक्ति मृत भेटिए

काठमाडौं । शुक्रबार नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका बस र यात्रू खोज्ने क्रममा एक जना मृत अवस्थामा भेटिएका छन् ।

चितवनको गोलाघाटस्थित नारायणी नदीबीचमा एक व्यक्ति मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार नदी बीचमा तैरिरहेको अवस्थामा अन्दाजी ३०/३५ वर्ष उमेरका व्यक्ति मृत भेटिएका हुन् ।

ती व्यक्तिको सनाखत हुन सकेको छैन । दुर्घटनामा परेका व्यक्ति हुन् वा होइनन् पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो ।

बसमा सवार तीन जना पौडिएर ज्यान जोगाउन सफल भएका थिए । घटनामा ६० जनाभन्दा बढी बेपत्ता भएको अनुमान गरिएको छ ।

यात्रू खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एउटा मोटरबोट, गोताखोर टोलीलगायत परिचालन गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved