कांग्रेस-एमालेलाई प्रधानमन्त्रीको चेतावनी

‘जनताको अधिकार खोस्ने विषय दिमागबाट निकाल्नुस्’ (पूर्णपाठ)

नेपालभ्युज

‘जनताको अधिकार खोस्ने विषय दिमागबाट निकाल्नुस्’ (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्‌का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले संविधान संशोधन गरेर २०४७ तिरै फर्किने कुरा गरेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । “स्थायित्वको नारा दिएर के गर्न खोज्नुभएको हो ? साथीहरूलाई विनम्र अनुरोध छ, संविधन संशोधनजस्तो जटिल र संवेदनशील कुरामा जोड नगर्नुहोला । संशोधन नै गर्ने भए आउनुस्, खुल्ला छलफल गरौँ,” उनले भने, “२०४७ तिरै फर्किने कुरा नगर्नुस् ।”

यस्तै उनले राष्ट्रिय सभालाई किनाराकृत गरेर संविधान संशोधन गर्न नसक्ने ठोकुवा गरेका छन् । उनले प्रश्न सोधे, “राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र; अनि राष्ट्रिय सभालाई किनाराकृत गरेर गर्नुहुन्छ संविधान संशोधन ?”

उनले कांग्रेस-एमालेलाई जनताको अधिकार खोस्ने विषय दिमागबाट निकाल्न आग्रह गरे । “तपाईंहरूलाई शुभकामना छ, अगाडिबाट मुसासेर पछाडिबाट हान्ने नहोस् तपाईंहरूको सम्बन्ध । पहिलोपटक मिल्नुभएको पनि होइन, अन्तिमपटक मिल्नुहुने पनि होइन । तर, जनताका अधिकार खोस्ने विषय दिमागबाट निकालिदिनुहोला । अधिकार उपभोग गरिसकेको जनताबाट त्यो अधिकार खोस्नु सहज हुने छैन । यदि त्यसो भयो भने सदन र सडकमा ठूलो प्रतिवाद हुन्छ,” उनले भने ।

उनले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) ले अन्तिमसम्म षड्यन्त्रविरुद्ध लड्न सहयोग गरेको भन्दै धन्यवाद दिएका छन् । “गठबन्धनका राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीलगायतका दलले मलाई अन्तिमसम्मै षड्यन्त्रविरुद्ध साथ दिनुभयो र राजनीतिक नैतिकताको उच्च प्रदर्शन गर्नुभयो । म तपाईहरूसँग विशेष आभारी छु,” उनले भने ।

रास्वपा र एकीकृत समाजवादी अहिले पनि प्रधानमन्त्री प्रचण्डसँगै छन् । अरु दलहरूले भने प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गर्न ह्वीप नै जारी गरेको छ ।

पूर्णपाठ हेर्नुस्-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved