गाजा क्षेत्र खाली गर्न इजरायलको उर्दी, राष्ट्रसंघको गम्भीर चासो

नेपालभ्युज

गाजा क्षेत्र खाली गर्न इजरायलको उर्दी, राष्ट्रसंघको गम्भीर चासो

काठमाडौं । इजरायलले गाजा क्षेत्र खाली गर्न उर्दी जारी गरेको छ ।

इजरायली सेनाले हेलिकोप्टरबाट पर्चा छर्दै गाजा क्षेत्रका सबैलाई ठाउँ छोड्न चेतावनी दिएको हो ।

इजरायलले गाजा क्षेत्रलाई ‘डेन्जरस कम्ब्याट जोन’ भन्दै त्यहाँ नबस्न आदेश जारी गरेको बीबीसीले जनाएको छ ।

इजरायली सेनाको उर्दीलाई लिएर संयुक्त राष्ट्रसंघले भने गम्भीर चासो व्यक्त गरेको छ । गाजा क्षेत्रमा युद्ध सुरु भएयता इजरायलले दोस्रो पटक यस्तो आदेश जारी गरेको हो ।

गाजामा अहिले पनि २ लाख ५० हजार मानिस बसोबास गरिरहेको अनुमान छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved