आँप चोरेको भन्दै रौतहटमा एक युवाको हत्या

नेपालभ्युज

काठमाडौं । रौतहटको ईशनाथमा आँप चोरेको विषयमा विवाद हुँदा एक किशोरको हत्या भएको छ ।

ईशनाथ–९ लवातना गाउँका १७ वर्षीय सहबाज मियाँ आलमको टाउकोमा रड र धारिलो हतियार प्रहार गरी बुधबार हत्या भएको हो ।

हत्याको अभियोगमा दुई युवा पक्राउ परेका छन् ।

१८ वर्षीय दशई साह र १९ वर्षीय रोशन साह पक्राउ परेका हुन् ।

घटनाको १ दिन अघि मृतकका  भाइ १० वर्षीय साबिर मियाँ आलम संग आँप टिपेको विषयमा विवाद हुँदा मृतक सहवाज मियाँ आलमले दशई साहलाई थप्पड हानेका थिए ।

सोही घटनाको बदला लिन दशईले मिल्ने साथी रोशनसँग मिलेर सहवाज मियाँ आलमको हत्याको योजना बनाएको रौतहट प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved