नेदरल्यान्ड्सलाई हराउँदै इङ्ल्यान्ड युरोकपको फाइनलमा

नेपालभ्युज

नेदरल्यान्ड्सलाई हराउँदै इङ्ल्यान्ड युरोकपको फाइनलमा

काठमाडौं । इङ्ल्यान्ड  युरोकपको फाइनल पुगेको छ । नेदरल्यान्ड्सलाई २ –१ ले हराउँदै इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा पुगेको हो ।

नेदरल्यान्ड्सले खेलको सातौँ मिनेटमा अग्रता लिएपनि बचाउन सकेन । १८औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा फर्काएका थिए ।

इन्जुरी समयमा वल्ली वाटकिन्सले गोल गरेपछि इङ्ल्याण्ड विजयी भयो ।

इङ्ल्यान्डले आगामी सोमबार उपाधिका लागि स्पेन विरुद्ध खेल्नेछ । स्पेनले मंगलबार सम्पन्न पहिलो सेमीफाइनलमा फ्रान्सलाई २-१ ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved