गौतम गम्भीरको ५ क्षमता, जस कारण बीसीसीआईले चुन्यो मुख्य प्रशिक्षक

नेपालभ्युज

गौतम गम्भीरको ५ क्षमता, जस कारण बीसीसीआईले चुन्यो मुख्य प्रशिक्षक

काठमाडौं । सन् २००७ र २०११ को टी–२० र एकदिवसीय विश्वकप च्याम्पियन भारतीय टोलीका सदस्य रहेका पूर्व ओपनर गौतम गम्भीर भारतीय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक बनेका छन् ।

बीसीसीआईले उनलाई राहुल द्रविडको उत्तराधिकारीको रूपमा नियुक्त गरेको हो । ४२ वर्षीय बायाँ हाते ब्याट्सम्यान, जसले भारतलाई सन् २०११ को एकदिवसीय विश्वकप जिताउनमा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

गत महिना बार्बाडोसमा भएको टी-२० विश्वकपमा भारतको जितसँगै द्रविडको कार्यकाल समाप्त भएको थियो ।

सन् २०२१ नोभेम्बरमा द्रविडले रवि शास्त्रीको ठाउँमा आएपछि वीभीएस लक्ष्मणले मुख्य प्रशिक्षकको रूपमा काम गर्न अस्वीकार गरेपछि गम्भीर बीसीसीआईको पहिलो रोजाइ बनेका हुन् ।

अब जानौं, बीसीसीआईले किन गम्भीरलाई प्रशिक्षकमा नियुक्त गर्यो ? उनमा के छ त्यस्तो क्षमता ?

युवा प्रतिभा पत्ता लगाउने विशेषज्ञ

गम्भीरलाई उनका खेलाडी र फ्यानहरूले भरपर्दो र प्रभावशाली व्यक्ति मान्छन् । नवदीप सैनी, हर्षित राणा, मयंक यादव, मोहसिन खान जस्ता धेरै खेलाडीले गम्भीरलाई आफ्नो गडफादर मान्दछन् ।

अब नयाँ मुख्य प्रशिक्षकले पुराना खेलाडीलाई सट्टामा रियान पराग र अभिषेक शर्माजस्ता युवा अनुहारले राम्रो स्थान दिने पक्का छ ।

खेलको राम्रो बुझाइ

गम्भीर एक अनुभवी र सफल क्रिकेट खेलाडी हुन् । उनले भारतीय क्रिकेट टोलीमा ठूलो सफलता हासिल गरेका छन् ।

उनलाई खेलको गहिरो बुझाइ छ । सन् २००३ मा भारतीय राष्ट्रिय टोलीको लागि डेब्यू गरेका गम्भीरले एक ओपनिङ ब्याट्सम्यानको रूपमा आफ्नो दृढता र कौशलको साथ चाँडै छाप छोडेका छन् ।

आक्रामक मानसिकता

गम्भीरको खेलले पूर्वक्रिकेटर सौरभ गांगुलीको झलक देखाउँछ । उनी अस्ट्रेलियाली मानसिकताका साथ खेल्छन् । आक्रामक योजना बनाउँछन् ।

मैदानमा उनको व्यवहार र निर्णयमा यो झल्किन्छ । आफ्नो खेलको अनुभव र टीम इण्डियाको भावना, दबाब र आवश्यकताहरू बुझ्ने क्षमताको साथ गम्भीरले धेरै लामो यात्रा गर्न सक्छन् ।

नेतृत्व गुणस्तर

गम्भीर उनको नेतृत्व क्षमताको लागि योग्य छन् । उनले मैदानमा चरम आक्रामकताका साथ टोलीको नेतृत्व गर्छन् । गम्भीरले राष्ट्रिय टोलीमा कप्तानको रूपमा आफ्नो नेतृत्व क्षमता देखाउने मौका पाएनन् तर, उनले आईपीएलमा केकेआरलाई दुई पटक च्याम्पियन बनाएर आफ्नो कप्तानी प्रमाणित गरेका छन् ।

पहिलो पटक लखनऊ सुपर जायन्ट्सका लागि कोचिङमा हात हालेका थिए र टोली लगातार दुई सिजन प्लेअफमा पुगेको थियो । केकेआरको मेन्टर बनेर उनले टोलीलाई तेस्रो उपाधि दिलाएका थिए ।

ट्रफी जित्ने अनुभव

भारतीय टोलीले सन् २०२४ को टी-२० विश्वकप जितेको छ । तर, सन् २०१३ देखि धेरै आईसीसी ट्रफीको फाइनल र सेमिफाइनलमा हार व्यहोरेर प्रतियोगिताबाट बाहिरिएको थियो ।

गम्भीरलाई टूर्नामेंट कसरी जित्ने थाहा छ । नकआउट म्याचको दबाबलाई कसरी सम्हाल्ने भनेर थाहा छ । उनले सन् २००७ को टी-२० विश्वकप, सन् २०११ को ओडीआई विश्वकप, सन् २०१२ को आईपीएल, सन् २०१४ को आईपीएल र सन् २०२४ को आईपीएल मेन्टरको रूपमा जितेका छन् ।

मुख्य प्रशिक्षक बनेपछि गम्भीरले के भने ?

टीम इन्डियाको मुख्य प्रशिक्षक बनेपछि पूर्व भारतीय क्रिकेटर गौतम गम्भीरले इन्स्टाग्राममा तस्वीर सेयर गर्दै लेखेका छन्, ‘भारत मेरो पहिचान हो र मेरो देशको सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सौभाग्य हो । यस पटक मैले फरक टोपी लगाएको छु तर, मेरो उद्देश्य सधैं जस्तै छ, हरेक भारतीयलाई गर्व गर्ने । भारतीय टोलीले १ अर्ब ४० करोड भारतीयहरूको सपना आफ्नो काँधमा बोकेको छ र म यी सपनाहरू साकार पार्न मेरो सम्पूर्ण शक्ति लगाएर काम गर्नेछु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved