अरनिको राजमार्ग एकतर्फी सञ्चालन

नेपालभ्युज

अरनिको राजमार्ग एकतर्फी सञ्चालन
फाइल फोटो

काभ्रेपलाञ्चोक । पहिरोका कारण १४ घण्टादेखि अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । सोमबार राति ९ बजे राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका-८ स्थित ५० किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

सडक माथिबाट पहिरो खसिरहेकाले रातभर पन्छाउन असहज भएकामा बिहान ७ बजेदेखि दुईवटा मेसिनले आंशिक पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राजमार्ग पूर्णरूपमा खुलाउन सुरक्षाकर्मीको निगरानीमा पहिरो पन्छाउने काम भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उक्त स्थानमा पहिरोको जोखिम भने कायमै रहेको छ । यहाँ पहिरो खसेर करिब दुई सय मिटर सडक अवरुद्ध भएको थियो ।

गएरातिदेखि नै सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारी साधन रोकिएका थिए । साना सवारीलाई भने वैकल्पिक बाटोबाट गन्तव्यमा पठाइएको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved