ग्लोबल आइएमई र नास–आईटीले सूचना प्रविधि क्षेत्रमा सहकार्य गर्ने

नेपालभ्युज

ग्लोबल आइएमई र नास–आईटीले सूचना प्रविधि क्षेत्रमा सहकार्य गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी)बीच सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने गरी सम्झौता भएको छ ।

सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलीप पोखरेल र नास–आईटीको तर्फबाट संस्थाका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गरेका हुन् ।

नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रूपमा मनाउने गरी यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

राज्यको प्राथमिकतामा रहेको यस क्षेत्र अर्थतन्त्रको संवाहकको रूपमा रहेको र ग्लोबल आइएमई बैंक पनि सदैव राज्य प्रति उत्तरदायी संस्थाको रूपमा रहेकोले यो सम्झौता अधि बढेको जानकारी गराउँदै ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले सूचना प्रविधिको क्षेत्रमा गरेको लगानी र प्रयोगहरूको बारेमा समेत बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved