काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको राज्यविस्तारको अभियानले आधुनिक राज्यका लागि आवश्यक वृहत्तर भौगोलिक इकाइ दिएको कुरा कसैले इन्कार गर्न नमिल्ने धारणा राखेका छन्।
सामाजिक सञ्जालमार्फत उनले आज हामीसँग नेपालको जुन भौगोलिक इकाइ प्राप्त भएको छ यो पृथ्वीनारायण शाहको अभियानको परिणाम भएको लेखेका छन्। पृथ्वीनारायणको मुख्य उद्देश्य गोर्खा राज्यको विस्तार थियो वा नेपाल एकीकरण भन्ने सन्दर्भमा जुन कोणबाट पनि बहस गरे पनि यो सत्य भएको उनले लेखेका छन्।
पृथ्वीनारायणको भूमिकालाई स्वीकार गर्दा उनका सन्ततिले गरेका जनघातको स्वीकारोक्ति हुन्छ भन्ने डर मान्नु आवश्यक नभएको पनि लेखेका छन्। उनले ३००औँ पृथ्वी जन्मजयन्तीको अवसरमा सम्मानपूर्वक उनलाई सम्झँदै संविधानको जगमा सबै नेपालीलाई एकीकृत गर्नुपर्नेमा प्रण गर्न पनि आग्रह गरेका छन्।
Facebook Comment
Comment