काठमाडौं । संसद् बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बोलाइएको छ । राजनीतिक समीकरण बदलिएपछि आज पहिलोपटक संसद् बैठक बस्न लागेको हो ।
दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्य गर्ने सहमति गरेका छन् ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।
यस्तै, प्रतिनिधिसभामा उत्पति भएको ’विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ ।
त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन आ.व. २०७९/२०८०’ पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

Facebook Comment
Comment