प्रहरी निरीक्षक थापा मृत्यु प्रकरणबारे अनुसन्धान गर्दै सुरक्षा निकाय

नेपालभ्युज

प्रहरी निरीक्षक थापा मृत्यु प्रकरणबारे अनुसन्धान गर्दै सुरक्षा निकाय

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सुरक्षा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका ४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको शनिबार मृत्यु भएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक काठमाडौँ दरबन्दी भई हाल ओली निवास बालकोटमा  सुरक्षा प्रमुखको रूपमा कार्यरत थापा आज सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थितमा आफ्नै निवासमा मृत भेटिएका जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

घटनास्थलमा पुगेको प्रहरी वृत्त जगातीका अधिकृतसहित टोलीले अनुसन्धान सुरु गरेको जानकारी दिँदै उनले मृतक थापाको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको बताए ।

के–कारणले मृत्यु भएको हो भन्नेबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको भन्दै उनले शव परीक्षणको प्रतिवेदन आएपछि अनुसन्धान अघि बढाइने जानकारी दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved