रास्वपा संसदीय दलको बैठक बस्दै

नेपालभ्युज

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संसदीय दलको बैठक आइतबार बस्ने भएको छ ।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसद्को बाँकी कामकारबाहीका विषयमा छलफल केन्द्रित सचेतक निशा डाँगीले जानकारी दिइन् ।

“संसद्‌मा बजेट अधिवेशन सकिएको छ । अन्य विधेयकको तयारीका विषयमा बैठकमा छलफल गर्नेछौँ”, प्रमुख सचेतक सन्तोष परियारले भने, “प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा पनि उक्त बैठकमा छलफल हुनेछ ।” रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved