काठमाडौं । अहिले देशभर भारी वर्षा भइरहेको छ ।
कर्णाली प्रदेशबाहेक पछिल्लो अन्य सबै क्षेत्रमा अहिले पनि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यससँगै कयौं स्थानमा बाढी पहिरो आइरहेको छ ।
उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको रेन डाउन फल म्यापकाअनुसार पछिल्लो २४ घण्टामा पाल्पाको कुमालगाउँमा सबैभन्दा धेरै वर्षा भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा ४०६ मिलिमिटर वर्षा भएको छ ।
यस्तै, पाल्पाकै जाल्पामा ३०१ मिलिमिटर, गैडाकोटमा २९७ मिलिमिटर, स्याङ्जामा २७८ मिलिमिटर, दाङको लमहीमा २६३ मिलिमिटर, सोही जिल्लाको रातामाटामा २६० मिलिमिटर, घोराहीमा २५१ मिलिमिटर र कास्कीमा २०९ मिलिमिटर वर्षा भएको छ ।
यता काठमाडौं उपत्यकामा भने सबैभन्दा धेरै वर्षा ललितपुरको लेलेमा भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १७० मिलिमिटर पानी परेको छ ।
बबरमहल क्षेत्रमा ९४ मिलिमिटर पानी परेको छ ।
Facebook Comment
Comment