भोटेकोशी जलविद्युत् आयोजनाको ढलान भत्किँदा दुई कामदार बेपत्ता, १० जना घाइते

नेपालभ्युज

भोटेकोशी जलविद्युत् आयोजनाको ढलान भत्किँदा दुई कामदार बेपत्ता, १० जना घाइते
फाइल फोटो

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान भत्किँदा दुई कामदार बेपत्ता भएका छन् ।

भोटेकोसी गाउँपालिका-४ मा रहेको आयोजनाको ढलान भत्किँदा १० मजदुर घाइते भएको प्रहरीले जनाएको छ । बेपत्ता खोजीसँगै उद्धारको प्रयास भइरहेको छ ।

शुक्रबार दिउँसो ढलान गर्दागर्दै भत्किएको हो । घाइतेहरुको अहिले बाह्रबिसे अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

४० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजना गत साउनदेखि निर्माण सुरु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved