अबदेखि काठमाडौंका सबै नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिने

नेपालभ्युज

अबदेखि काठमाडौंका सबै नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिने

काठमाडौं । अबदेखि काठमाडौं जिल्लाका सबै नगरपालिकाको कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचनामार्फत् यसबारे जानकारी दिएको हो ।

प्रशासन कार्यालयमा सेवाग्राहीहरूको अत्याधिक चापलाई मध्यनजर गर्दै नगरपालिकाको कार्यालयबाट परिचय पत्र बनाउन सकिने गरी सेवा प्रवाह गरिएको प्रशासनले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको हकमा राष्ट्रिय सभागृहबाट बनाउन सकिनेछ ।

अन्य जिल्ला स्थायी ठेगाना भएका सेवाग्राहीहरूले नारायणहिटी दरबार (साविकको राहदानी विभाग)बाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता कार्य भइरहेको पनि प्रशासन कार्यालयले जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved