युरोकपमा आजदेखि क्वाटरफाइनलका खेल, पहिलो भिडन्त जर्मनी र स्पेनबीच

नेपालभ्युज

युरोकपमा आजदेखि क्वाटरफाइनलका खेल, पहिलो भिडन्त जर्मनी र स्पेनबीच

काठमाडौं । युरोकप फुटबलमा क्वाटरफाइनलका खेल आज सुरु हुँदैछन् । पहिलो खेलमा आयोजक जर्मनी र स्पेन आमने सामने हुँदैछन् । खेल राति पौने १० बजे सुरु हुनेछ ।

खेलप्रेमीका लागि यी दुई मुलुकबीच हुन लागेको खेल बहुप्रतीक्षित मानिएको छ । जारी प्रतियोगितामा दुवै टिम उत्कृष्ट लयमा छन् ।

स्पेन र जर्मनी दुवैले अहिलेसम्म तीन तीन पटक युरोपेली च्याम्पियन जितिसकेका छन् । जर्मनी र स्पेन जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने टिम पनि हुन् ।

चार खेलमा जर्मनीले १० गोल गरेको छ भने त्यतिनै खेलमा स्पेनले ९ गोल गरेको छ । जारि खेलमा स्पेनले एक गोल खाएको छ भने जर्मनीले दुई गोल ब्योहरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved