धनुषामा सार्वजनिक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

नेपालभ्युज

धनुषामा सार्वजनिक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

जनकपुरधाम । धनुषाको एउटा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार धनौजी गाउँपालिका-५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर १० देखि १२ वर्ष उमेरका तीन बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवालेले जानकारी दिए।

बिहीबार दिउँसो १२ बजेतिर पोखरीमा बालिकाहरुलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो ।

एक जना मृत्यु भैसकेको अवस्थामा भेटिएको थियो भने दुई जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डीएसपी अवालेले बताए । उनीहरुको नुहाउने क्रममा डुबेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

बालिकाहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved