कटहरिया नगरपालिकाका प्रमुख प्रकाशसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

कटहरिया नगरपालिकाका प्रमुख प्रकाशसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाशसहित ११ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आव २०७८/०७९ मा टायल्सको काममा कमसल कार्य गरी अनियमितता गरेको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनीहरूले १२ लाख ५२ हजार रूपैयाँभन्दा बढी अनियमितता गरेको आयोगले जनाएको छ ।

आरोपपत्रमा प्रकाशसहित उपप्रमुख रीता देवी, प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साह, इन्जिनियर राजेश कुमार साह, योजना शाखा प्रमुख राम नरेश प्रसाद यादव, कार्यापलिका सदस्य समिश विक्रम शाह, कार्यपालिका सदस्य मनोज प्रसाद जैसवाल र इन्जिनियर मो. मकसुद आलमलाई प्रतिवादी बनाइएको छ ।

यस्तै, बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोज कुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहलाई पनि प्रतिवादी बनाइएको छ ।

उनीहरुलाई बिगोसहित कैद माग गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved