मेरो इच्छाले हुन्थ्यो भने कांग्रेस सरकारमा जाने थिएन : गगन थापा

नेपालभ्युज

मेरो इच्छाले हुन्थ्यो भने कांग्रेस सरकारमा जाने थिएन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो इच्छा विपरीत पार्टी सरकारमा जानुपरेको बताएका छन् ।

उनले भने, ‘मेरो इच्छाले हुन्थ्यो भने अहिले पनि पार्टी प्रतिपक्षमै हुन्थ्यो । यो सरकार बन्ने या नबने भन्ने कुरा व्यक्ति वा दलको कारणले हुँदैन रहेछ ।’

अहिलेको परिस्थितिका कारण नयाँ सत्ता समिकरण निर्माण भएको थापाको भनाइ छ ।

‘अहिलेको परिस्थिति बनेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताको कारण नै हो । प्रचण्डको यति धेरै अस्थिर चरित्र नभएको भए अहिलेको अवस्था आउँदैन थियो । प्रचण्डले एमालेसँगै सरकार बनाएको ४ महिना पनि नपुग्दै अर्कैसँग लसपस गर्न हात खुट्टा पसारेपछि अहिलेको दुर्घटना निम्तिएको हो ।’ उनले भने ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले संविधान जोगाउने जिम्मेवारीले कांग्रेस अगाडि बढेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved