रास्वपाले पनि आज सरकार छाड्दै, प्रधानमन्त्री प्रचण्ड थप दबाबमा

नेपालभ्युज

रास्वपाले पनि आज सरकार छाड्दै, प्रधानमन्त्री प्रचण्ड थप दबाबमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी रास्वपाले आज सरकार छाड्ने बताएको छ । सत्ता गठबन्धनको ठूलो दल एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएपछि दबाबमा परेको रास्वपाले आज सरकार छाड्ने तयारी गरेको हो ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पार्टीबाट सरकारमा गएका सबै मन्त्रीहरु फिर्ता हुने बताए ।

उनले भने, ‘दुई ठूला दल मिलेर सरकार बनाउने निर्णय गरिसकेपछि र एमालेले समर्थन फिर्ता लिइसकेपछि अब सरकारमा बस्नु नैतिक रूपमा ठीक हुन्न, हाम्रा मन्त्रीहरूले आज राजीनामा दिनुहुन्छ ।’

केन्द्रीय समिति बैठकमा समेत सरकार अल्पमतमा परिसकेको अवस्थामा मन्त्री पदमा बसीरहन नहुने मत बलियो बनेको थियो ।

सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपा गत फागुनमा प्रचण्ड सरकारमा सहभागी भएको थियो ।

रास्वपाबाट उपप्रधान एवं गृहमन्त्री लामिछानेसहित चार जना मन्त्री छन् । परियारले चारै जना मन्त्रीले राजीनामा बुझाएर नयाँ सरकार गठनका लागि सहज गरिदिने बताए ।

रास्वपाले नयाँ सत्ता गठबन्धनमा सहभागी नहुने निर्णय गरिसकेको छ ।

रास्वपाको बहिगर्मनसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थप दबाबमा परेका छन् ।

प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिने तर राजीनामा नदिने अडानमा थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved