बलिदान नगरी कर्णालीले केही पाउँदैन : मुख्यमन्त्री कँडेल

नेपालभ्युज

बलिदान नगरी कर्णालीले केही पाउँदैन : मुख्यमन्त्री कँडेल

सुर्खेत । मुख्यमन्त्री यमलाल कँडेलले कर्णाली प्रदेशले बलिदानी नगरेको कारण केही नपाउने गरेको बताएका छन् ।

सुर्खेतमा आयोजित उद्यमशीलता प्रेरणा सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली प्राप्त गर्दा पनि नागरिकहरुले रगत बगाएर पछि प्राप्त गरेको भन्दै बलिदान नगरी केही नपाउने गरेको बताएका हुन् ।

संविधान अनुसार राज्यले दिने सेवा, सुविधा र अन्य कुराहरु सहज रुपमा पाउन पनि कर्णालीले आन्दोलन गर्नुपर्ने बाध्यता रहेको कँडेलले बताए ।

कर्णाली खाली पेपर जस्तै रहेको उनी बताउँछन् ।

‘कर्णाली खाली कागज हो । यहाँ प्रकृतिले नै रंगाईदिएको छ । तर, हामीले आकर्षक चित्र बनाउन सकिरहेका छैनौँ ।’ उनले भने,‘कर्णालीका १० वटै जिल्ला उद्योग, व्यपार, कृषि पर्यटन, जलबिद्युत, जडिबुटी लगायतका नविनतम श्राृत र साधानहरुको भण्डार हुन् । तर, विदेशी भूमीमा जुनसुकै कर्म गर्न चहार्ने आफ्नो भूमीमा काम गर्दा सानो भईने जस्ता सामाजिक सोच र संरचनाका कारण हामी पछाडी परिरहेका छौँ ।’

अब युवाहरुले काम गर्दा सानो हाईन्, महान् बनिन्छ भन्ने सन्देश दिनुपर्ने कँडेलले भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved