रास्वपा केन्द्रीय समिति बैठकमा महामन्त्री ढकाल मुखमा टेप टाँसेर सहभागी

नेपालभ्युज

रास्वपा केन्द्रीय समिति बैठकमा महामन्त्री ढकाल मुखमा टेप टाँसेर सहभागी

काठमाडौं । रास्वपा महामन्त्री मुलुक ढकाल मुखमा टेप टाँसेर केन्द्रीय समिति बैठकमा विरोध जनाएका छन् ।

बैठकलाई लाइभ नगरेको भन्दै ढकालले सांकेतिक विरोधसहित मुखमा टेप टाँसेका हुन् ।

उनले केन्द्रीय समितिको बैठक सबैले थाहा पाउने गरि लाइभ हुनुपर्ने माग गर्दै आएका थिए । उनले केही समय अघि ३२ पृष्ठको समीक्षा प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका थिए ।

जारी बैठकमा उनै ढकालले बुझाएको प्रतिवेदनमाथि केन्द्रित भएर छलफल भइरहेको बताइएको छ । महामन्त्री ढकालले पार्टीमा देखिएको शैलीको गम्भीर चित्रण गर्दै समीक्षा नगरे पार्टीको भविष्य नरहने प्रतिवेदनमा उल्लेख गरेका छन् ।

त्यस्तै ढकालको प्रतिवेदनमा एमाले र माओवादी केन्द्रसँग नभई बालेन साहसँग नजिक रहनु पर्ने तर्क गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved