माओवादी र रास्वपा आन्तरिक छलफलमा जुट्दै

नेपालभ्युज

माओवादी र रास्वपा आन्तरिक छलफलमा जुट्दै

काठमाडौं । नयाँ सरकार गठनको तयारी भएसँगै सत्ता गठबन्धनमा आवद्ध दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।

कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय भएसँगै माओवादीसहितका दलले पार्टीको बैठक बोलाएका हुन् ।

अचानक बदलिएको राजनीतिक समिकरणपछिको अवस्थामा छलफल गर्न माओवादीले पदाधिकारीको बैठक बोलाएको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान बालुवाटारमा बैठक बोलाएका हुन् । एमाले मन्त्रीहरुले आजै राजीनामा बुझाउने तयारी गरेपछि प्रधानमन्त्रीले आन्तरिक छलफल गर्न लागेका हुन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पनि सचिवालय बैठक बोलाएको छ ।

बैठक बिहान ८ बजे सिंहदरवारमा बस्ने सांसद गणेश पराजुली बताए । बैठकमा सत्ता फेरबदलको तयारीपछिको भावी रणनीतिबारे छलफल हुने पराजुलीले बताए ।

राष्ट्रिय सहमतिको सरकार बनाउने नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएसँगै उक्त  सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने निर्णय पनि बैठकले गर्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved