बजेट निर्माणमा स्थानीय तहले संविधान र कानुनको उल्लंघन गरे : सांसद गैरे

नेपालभ्युज

बजेट निर्माणमा स्थानीय तहले संविधान र कानुनको उल्लंघन गरे : सांसद गैरे

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा स्थानीय तहरूले संविधान र कानुनको उल्लंघन गरेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गैरेले संविधानले दिएको अधिकार र पालना गर्नुपर्ने कानूनलाई स्थानीय तहहरूले कार्यान्वयन गर्न नसकेको बताएका हुन् ।

उनले आगामी आर्थिक वर्ष २०८१/०८२को नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा संघीय सरकार प्रतिनिधि सभा, प्रदेश सरकार प्रदेश सभा र स्थानीय तहहरूमा संविधानको परिपालना नगरेको बताए ।

प्रदेश सभा र स्थानीय तहहरूमा नीति निर्माण,बजेट निर्माणमा असङ्गति र अराजकता बढेको भन्दै सरकारको ध्यान जान जरूरी रहेको गैरेको भनाइ छ ।

उनले आगामी आर्थिक वर्षको बजेटमा लामो छलफल गरी विगतको परम्परालाई निरन्तरता जस्तै गरी बजेट पारित भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved