युरोपियन युनियनद्वारा युक्रेनी शरणार्थीलाई सन् २०२६ सम्म आवास अधिकार विस्तार

नेपालभ्युज

युरोपियन युनियनद्वारा युक्रेनी शरणार्थीलाई सन् २०२६ सम्म आवास अधिकार विस्तार

काठमाडौं । युरोपियन युनियनले रुस-युक्रेन युद्धले ग्रसित युक्रेनी शरणार्थीहरूलाई सन् २०२६ मार्चसम्म उनीहरु बसिरहेको ब्लकमा बस्ने अधिकार विस्तार गरेको छ ।

हाल करिब ४.२ मिलियन युक्रेनीहरू युरोपियन युनियनमा शरणार्थीका रूपमा दर्ता भएका छन् । जर्मनी, पोल्याण्ड र चेक गणतन्त्रले ठूलो सङ्ख्यामा शरणार्थीहरुलाई संरक्षण गर्दै आएका छन् ।

रुसले दिनहुँ जसो बमबारी युद्धद्वारा युक्रेनी जनतालाई आतङ्कित तुल्याइरहेकाले अहिले अवस्था सुरक्षित परिस्थिति नभएको बताउँदै बेल्जियमको शरण र आप्रवासनका लागि राज्य सचिव निकोल डे मूरले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

रुसको आक्रमणबाट भागेका मानिसहरूले आफ्नो एकतामा भर पर्न सक्ने बताउदै डि मुरले जुन महिनाको अन्त्यसम्म युरोपेली संघको अध्यक्षता गर्ने जानकारी दिए ।

फेब्रअरी २०२२ मा मस्कोले पूर्ण आक्रमण सुरु गरेको केही हप्तापछिे युरोपेली सङ्घले पहिलो पटक युक्रेनीहरूलाई बस्ने अधिकार प्रदान गरेको थियो । प्रासम्भिक सम्झौता अनुसार यसको समय सन् २०२४ मार्च –४ मा समाप्त हुने तय गरिएको थियो ।

अस्थायी सुरक्षाबाट लाभान्वितहरूले निवास अनुमति, श्रम बजार र आवासमा पहुँच, चिकित्सा सहायता, सामाजिक कल्याण र शिक्षामा पहुँच सहित युरोपेली युनियन भर समान अधिकार प्राप्त गर्छन् ।

पछिल्लो विस्तारको विरुद्धमा युक्रेनी सेनाले अग्र पक्तिका आक्रमणकारीहरु समात्न सङ्घर्ष गर्दा रूसी हवाई आक्रमणले देशको ऊर्जा ग्रिडलाई ध्वस्त पारेको छ । जसले किभलाई युरोपियन युनियनबाट निरन्तर उर्जा आयात आपूर्ति गर्न बाध्य पारेको छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved