आमाबुवालाई अपमान गरेझैँ नयाँले पुराना दलको सम्मान गरेनन् : प्रचण्ड

नेपालभ्युज

आमाबुवालाई अपमान गरेझैँ नयाँले पुराना दलको सम्मान गरेनन् : प्रचण्ड
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल बुद्धिजीवि संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा राजनीतिक दल र पार्टीहरू दशकौंको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरूले पुराना दललाई अपमान गरिरहेको आरोप लगाए ।

उनले पुराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हुँ भन्ने हेक्का नयाँ राजनीतिक दलहरूले राख्न जरूरी रहेको बताए ।

नयाँ राजनीतिक दलहरूले बोल्दा हेक्का राखेर बोल्नुपर्ने उनको भनाइ छ । उनले पुराना दलहरूको प्रशंसा गर्नुपर्ने ठाउँमा नयाँ राजनीतिक दलहरूले आफूलाई जन्मदिने आमाबुबालाई अपमान गरेझैँ पुराना दलहरूको अपमान गरिरहेको बताए ।

यस्तै, प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलभित्रका समस्या पनि आफूले सम्बोधन गर्नेगरी काम गरिरहेको जिकिर गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved