केजरिवाललाई धरौटीमा रिहा गर्ने आदेशविरूद्ध उच्च अदालत पुग्यो ईडी

नेपालभ्युज

केजरिवाललाई धरौटीमा रिहा गर्ने आदेशविरूद्ध उच्च अदालत पुग्यो ईडी

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई धरौटीमा रिहा गर्ने आदेशविरूद्ध प्रवर्तन निर्देशनालय (ईडी) दिल्ली उच्च अदालत पुगेको छ ।

ईडीको निवेदनमाथि न्यायाधीश सुधारी कुमार जैनको बेन्चमा सुनुवाइ हुनेछ ।

बिहीबार राउज एभिन्यू अदालतका न्यायाधीश न्याय बिन्दुको इजलासले केजरिवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

एक लाख रूपैयाँको जमानत बुझाउन आदेश दिइएको छ ।

अदालतले केजरीवाललाई अनुसन्धानमा अवरोध गर्ने वा साक्षीहरूलाई प्रभाव पार्ने प्रयास नगर्ने र आवश्यक परेमा अदालतमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्ने सर्तमा रिहा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved