पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेका छौँ : गृहमन्त्री लामिछाने

नेपालभ्युज

पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेका छौँ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पदको दुरूपयोग नगरीकन बजेट विनियोजन गरेको बताएका छन् ।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले पदको दुरूपयोग नगरीकन सन्तुलित रूपमा बजेट विनियोजन गरेको दाबी गरेका हुन् ।

उनले बजेटमा आफूले सकेजति र नागरिकले भनेको आवश्यकताअनुसार विभिन्न ठाउँमा प्राथमिकीकरण गरेर बजेट ल्याएको बताए ।

बजेट पास गरिसकेपछि आफ्नो निर्वाचन क्षेत्र चितवन गएर नागरिकहसँग अन्तरक्रिया गर्ने उनले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved