यी हुन् टी-२० विश्वकप २०२६ का लागि सिधै छनोट भएका १२ देश

नेपालभ्युज

यी हुन् टी-२० विश्वकप २०२६ का लागि सिधै छनोट भएका १२ देश

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ को उत्साह अब अन्तिम चरणमा पुगेको छ । समूह चरणका खेल सकिएको छ । अब सुपर-८ का खेलहरु जुन १९ देखि सुरु हुनेछ ।

सुपर-८ मा अष्ट्रेलिया, भारत, इङ्ल्यान्ड, अफगानिस्तान, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, बंगलादेश र अमेरिका पुगेका छन् । यससँगै सन् २०२६ को टी–२० विश्वकपका लागि सिधै छनोट हुने टोलीको नाम पनि सार्वजनिक भएको छ ।

सन् २०२४ जस्तै टी-२० विश्वकप २०२६ मा २० टोली सहभागी हुनेछन्, जसका लागि अहिले नै १२ टोली छनोट भएका छन् ।

२०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर पनि गुमायो नेपालले

सूचीमा सुपर-८ मा पुग्न असफल भएका पाकिस्तान, श्रीलंका र न्युजिल्यान्डको नाम पनि छ । आईसीसीको वरियतालाई आधार मानेर यी तीन टोली सिधै छनोट भएका हुन् ।

अर्कोतर्फ भारत र श्रीलंका सहआयोजक भएकाले स्वतः छनोट भएका छन् ।

छनोट हुने देशहरु-

आयोजक 
भारत
श्रीलंका

सुपर–८ मा पुगेका
अस्ट्रेलिया
अफगानिस्तान
बंगलादेश
इंग्ल्याण्ड
दक्षिण अफ्रिका
संयुक्त राज्य अमेरिका
वेस्ट इन्डिज

वरीयताका आधारमा 
आयरल्याण्ड
न्युजिल्याण्ड
पाकिस्तान

विश्वकपको सुपर-८ : स्टेडियम र टोलीसहित सम्पूर्ण जानकारी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved