५० वर्ष कटेपछि पुरुषले गर्नैपर्ने जाँच

नेपालभ्युज

५० वर्ष कटेपछि पुरुषले गर्नैपर्ने जाँच

एजेन्सी । आज हामी तपाईंलाई त्यस्ता टेस्ट अर्थात् जाँचका बारेमा बताउनेछौं, जो ५० वर्ष कटेपछि हरेक पुरूषले अवश्य गर्नुपर्दछ ।

कोलेस्ट्रोल

शरीरमा कोलेस्ट्रोलको उच्च मात्राले हृदयघातको खतरा बढाउँछ । यस्तोमा स्वस्थ बनिरहनका लागि पुरूषहरूले ५० वर्ष कटेपछि समय/समयमा कोलेस्ट्रोलको जाँच अवश्य गर्नुपर्दछ ।

कोलन क्यान्सर 

पुरूषहरूमा कोलन क्यान्सरको जाँच ५० वर्ष कटेपछि वा त्यस अघि नै सुरू गर्नुपर्ने हुन्छ । खासगरी परिवारमा यो रोगको इतिहास छ भने अवश्य जाँच गर्नुहोस् ।

प्रोस्टेट 

५० वर्ष भन्दा धेरै उमेर पुगेका पुरूषका लागि प्रोस्टेटको स्वास्थ्य पनि गम्भीर चिन्ताको विषय हो । त्यसैले बेला बेलामा प्रोस्टेटको जाँच अवश्य गराउनुहोस् ।

कान

प्रायः उमेर बढ्नुका साथै सुन्ने क्षमता पनि कम हुन्छ । यस्तोमा यससँग जोडिएका समस्याबाट बच्नका लागि समय समयमा ‘हियरिंग टेस्ट’ पनि गर्नु जरूरी हुन्छ ।

मधुमेह जाँच

मधुमेह  अहिलेको समयमा धेरै व्यक्तिमा देखिने गर्छ । यस्तोमा निश्चित उमेर अवस्था पुगेपछि रगतमा सुगरको मात्रा समय समयमा जाँच गर्नुपर्दछ ।

हड्डीको घनत्व परिक्षण

बढ्दो उमेरसँगै हड्डी पनि कमजोर हुन थाल्छन् । यस्तोमा हड्डीको घनत्व जाँच समय समयमा गर्दा रोगको पहिचान समयमै गर्न सकिन्छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved