राहुल गान्धीले वायनाड छाड्ने, प्रियंका उपचुनाव लड्ने

नेपालभ्युज

राहुल गान्धीले वायनाड छाड्ने, प्रियंका उपचुनाव लड्ने

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसकी नेतृ प्रियंका गान्धीले केरला राज्यको वायनाडबाट लोकसभा उपचुनाव लड्ने भएकी छन् ।

हालै सम्पन्न लोकसभा चुनावमा सो क्षेत्रबाट उनका दाइ राहुल गान्धी विजयी भएका थिए ।

दुई सिटमा विजयी भएका राहुलले उत्तर प्रदेशको रायबरेलीबाट सांसद कायम रहेर वायनाड छोडेपछि प्रियंका त्यहाँबाट चुनाव लड्न लागेकी हुन् ।

यसपटक राहुल रायबरेलीमा ३ लाख ९० हजारभन्दा बढी मतले र वायनाडमा ३ लाख ६४ हजारभन्दा बढी मतले विजयी भएका थिए ।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले यसबारे पार्टीले निर्णय गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पार्टीको निर्णयलाई स्वीकार गर्दै प्रियंकाले भनिन्, ‘म वायनाडका जनतालाई मेरो भाइको अनुपस्थिति महसुस गर्न दिने छैनौं।’

सो क्षेत्रमा कांग्रेसको बलियो प्रभाव रहेकोले प्रियंकाले चुनाव जित्ने अनुमान गरिएको छ । तर, चुनाव कहिले हुन्छ भने टुंगो लागिसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved