ओलीले बजेटको विरोध ‘गरे जस्तो’ मात्रै गर्नुभएको हो, साँच्चै होइन : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

ओलीले बजेटको विरोध ‘गरे जस्तो’ मात्रै गर्नुभएको हो, साँच्चै होइन : प्रधानमन्त्री प्रचण्ड
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटको विरोध नगरेको बताएका छन् ।

सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘(बजेटको विरोध गरे) जस्तो मात्रै गर्नुभएको छ । साँच्चै गर्नुभएको छैन । ‘

गत शनिबार एमालेको संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटको आलोचना गर्दै आफ्नो तर्फबाट एक दुई जना मन्त्री हुँदैमा चुप नबस्ने चेतावनी दिएका थिए ।

बजेटमा ओलीको चर्को असन्तुष्टि, एक दुईजना मन्त्री हुँदैमा एमाले चुप नबस्ने चेतावनी

प्रधानमन्त्री प्रचण्डले सत्ता समीकरणमा उथलपुथल गर्ने बेला नभएको बताए । उनले अहिलेको समीकरण राम्रैसँग अगाडि बढ्ने दाबी पनि गरे ।

‘केही हुँदैन । यो (समीकरण) जान्छ, राम्रैसँग जान्छ । बाहिर कतिपय सन्दर्भमा मिडियामा आउने र्‍युमरहरूमा कुनै सत्यता छैन । यो समीकरण राम्रैसँग अगाडि जान्छ’, उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved