काठमाडौं । पूर्वी भू–भागमा सक्रिय रहेको मनसुनी प्रणाली विस्तारै पश्चिम तर्फ सर्दै आएको छ । जसका कारण अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली भइ कतिपय स्थानमा वर्षा भइरहेको छ ।
अहिले गण्डकी प्रदेशका थोरै तथा बागमती प्रदेशका एक– दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।
आज राती कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम ३३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । पछिल्लो २४ घण्टामा सबै भन्दा धेरै लुम्लेमा ३४ दशमलव ५ मिलिमिटर वर्षा भएको छ ।
Facebook Comment
Comment