९४ करोड ठगीमा कृषि विकास सहकारीका अध्यक्षसहित चार जना पक्राउ

नेपालभ्युज

९४ करोड ठगीमा कृषि विकास सहकारीका अध्यक्षसहित चार जना पक्राउ

काठमाडौं । कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । आइतबार सहकारीको झन्डै ९४ करोड २३ लाख रुपैयाँ रकम ठगी गरेको आरोपमा प्रहरीले संस्थाका अध्यक्ष, व्यवस्थापक र सदस्यहरूलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा तनहुँको ब्यास नगरपालिका वडा नम्बर ११ घर भई हाल काठमाडौंको गोकर्ण बस्ने कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा, उनकी श्रीमती सजना राजकर्णिकार तथा सहकारी संस्थाका सदस्यद्वय ५३ वर्षीय भिमसेन महर्जन र ४७ वर्षीय सञ्जय सापकोटा छन् ।

तेजविक्रम र सजना श्रीमान्–श्रीमती हुन् । तेजविक्रम अध्यक्ष र सजना व्यवस्थापकको जिम्मेवारीमा थिए । ललितपुरको कुमारीपाटीस्थित सो सहकारी संस्थाबाट २ हजार ५३१ जना बचतकर्ता पीडित भएको र ५६६ जनाले प्रहरीमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved