‘ए’ डिभिजन लिग : हिमालयन शेर्पाको सामना गर्दै थ्रीस्टार

नेपालभ्युज

‘ए’ डिभिजन लिग : हिमालयन शेर्पाको सामना गर्दै थ्रीस्टार

काठमाडौं। शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आइतबार थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ पौने पाँच बजे सुरु हुनेछ।
सात खेलमा १० अङ्क जोडेर छैटौँ स्थानमा रहेको थ्रीस्टार हिमालयनलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ।
सात खेलमा ११ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको हिमालयन पनि जित हात पार्दै तेस्रो स्थानको संकटा र चौथो स्थानको आर्मीसँग अङ्क बराबरी गर्न चाहन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved