काठमाडौं । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी क्रिकेट स्टेडियम, जुन विवादको केन्द्र बनिरहेको छ । जहाँ ब्याट्सम्यानलाई रन बनाउन धौ धौ पर्छ । त्यसकारण पनि यो स्टेडियमको पिचको चर्को आलोचना भइरहेको छ ।
तर, अब यस स्टेडियम आगामी ६ हप्ताभित्र भत्काइने भएको छ । त्यसपछि यहाँ खाली फिल्ड मात्र देखिनेछ । तर, विश्वकपमा प्रयोग भएका आउटफिल्ड र पिच भने यथावत रहनेछन् ।
वास्तवमा अमेरिकामा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम थिएन । त्यसैले यहाँ मोड्युलर रंगशाला निर्माण गरिएको हो । यो क्रिकेटको पहिलो मोड्युलर स्टेडियम हो । त्या भनेको फरक स्थानमा पिच र स्ट्यान्डहरू निर्माण गरि ल्याएर जडान गर्नु हो । सो स्थानमा पहिला पार्क थियो ।
यो स्टेडियम १०६ दिनमा बनेको थियो ।
यो सुस्त आउटफिल्ड र ड्रप-इन पिचहरूको असामान्य बाउन्स यहाँ खेलिएका आठ खेलहरूमा व्यापक रूपमा आलोचना भएको थियो । मैदानको ढिलोपन यस्तो छ कि नासाउ स्टेडियम अब टी-२० विश्वको सबैभन्दा सुस्त मैदानको रूपमा रेकर्ड गरिएको छ ।
यहाँको टी २० विश्वकप खेलहरूमा औसत रन रेट प्रति ओभर मात्र ५.७४ रन थियो, जुन प्रतियोगिताको इतिहासमा ३८ स्थानहरू मध्ये सबैभन्दा कम हो । विश्वकपमा यस मैदानमा प्रति ओभर ६ भन्दा कम रन बनाइएको छ ।
न्यूयोर्कको नासाउ काउन्टी स्टेडियममा ड्रप-इन पिच प्रयोग गरिएको थियो । ड्रप-इन पिचहरू मैदान बाहिर बनाइन्छ र त्यसपछि स्टेडियममा स्थापना गरिन्छ ।
नासाउ स्टेडियमको पिच अस्ट्रेलियामा बनाइएको थियो । यस वर्षको जनवरीमा अमेरिकाको फ्लोरिडामा १० वटा पिच समुन्द्री मार्गबाट ल्याइएको थियो, जहाँ ५ महिनाको तयारीपछि मे महिनामा नै नासाउ रंगशालामा फिट गरिएको थियो ।
Facebook Comment
Comment