मेलम्चीमा बाढीले क्षति गरेको तीन वर्ष, प्रभावित अझै समस्यामा

नेपालभ्युज

मेलम्चीमा बाढीले क्षति गरेको तीन वर्ष, प्रभावित अझै समस्यामा
फाइल फोटो

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बाढीको तीन वर्ष पुगिसक्दा पनि कयौँ प्रभावित अहिले पनि राहतको पहिलो किस्तामा नै सीमित रहेका छन् ।

२०७८ साल असार १ गते मनसुनको सुरुवातमै आएको बाढीबाट सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकासहित पाँच पोखरी पनि प्रभावित भएको थियो ।

अर्थ मन्त्रालय, वन मन्त्रालय र प्राधिकरणबीच मेलम्ची बाढीको बारेमा एकमत हुन नसक्दा समस्या ज्यूँ का त्यूँ छ ।

बाढीबाट प्रभावित बासिन्दा अझै पनि हानी नोक्सानी अनुसारको क्षतिपूर्ति पाउन सकेको गुनासो गर्छन् ।

हेलम्बु गाउँपालिकाका कतिपय प्रभावितले तत्कालका लागि बास बनाउन किस्तामा उपलब्ध गराउने भनिएको ५ लाख रुपैयाँ पनि पाउन सकेका छैनन् ।

त्यसैगरी घडेरी पनि नभएकालाई थप ३ लाख उपलब्ध गराउने भनिएको थियो तर ती समुदाय पनि राहत सहयोगबाट बञ्चित छन् ।

बाढीबाट भएको हानी नोकसानी बराबरको पुनःनिर्माण तथा पुनःस्थापनाको लागि लगानी हुन नसक्नु मात्रै होइन, वन र अर्थ मन्त्रालय तथा विपद् जोखिम प्राधिकरणले पनि जिम्मेवारीअनुसार काम गरेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved