टी-२० विश्वकप क्रिकेट : नेपाललाई तेस्रो झट्का

नेपालभ्युज

टी-२० विश्वकप क्रिकेट : नेपाललाई तेस्रो झट्का

काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपाललले तेस्रो विकेट गुमाएको छ।

किंग्सटाउनमा जारी खेलमा नेपालका अनिल साह २७ रनमा आउट भएका हुन्। उनलाई दक्षिण अफ्रिकाका एडेन मार्करामले आउट गरे।

यसअघि कप्तान रोहित कुमार पौडेल डकआउट भए र कुशल भूर्तेल १३ रनमा आउट भए। ७ ओभरको दोस्रो बलमा कुशल र चौथो बलमा रोहित आउट भए।

नेपालले १३.४ ओभरमा ३ विकेटको क्षतिमा ८५ रन बनाएको छ।

दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved