एजेन्सी । गर्मीमा तेल तथा मसला धेरै भएको चीज खाँदा वा धेरै भोजन खाँदा छाती दुख्ने, पेट दुख्ने, अपच आदि समस्या हुन्छन्, जो फूड प्वाइजनिंगको कारण बन्न सक्छ । आउनुहोस् जानौं यसको कारण र बच्ने उपाय–
- फूड प्वाजनिंगका लक्षणहरूमा वाकवाकी तथा वान्ता आउने, पेट दुख्ने, ज्वरो, मांसपेशीमा दुखाई, टाउको दुख्ने आदि हुन्छ ।
- गर्मीमा जंक फूड्स, फास्ट फूड्स वा मसला तेल धेरै भएका खाने कुरा खानबाट बच्नुहोस् । यसले पाचनमा गडबडी हुन सक्छ र फूड प्वाइजनिंगको खतरा हुन सक्छ ।
- गर्मी मौसममा बासी चीजहरू भुलेर पनि नखानुहोस् । यसले पाचनमा गडबडी हुन सक्छ र फूड प्वाइजनिंगको खतरा बढ्छ ।
- गर्मीमा काँचो तरकारी खानबाट पनि बच्नुपर्छ । तरकारीलाई राम्रोसँग पकाएर नै खानुपर्छ । यसले ब्याक्टेरिया तथा भाइरसबाट बच्न सकिन्छ ।
- कतिपय मानिस आधा पाकेको मासु, माछा खाने गर्छन् तर यो मौसममा मासु, माछा आदिलाई पूर्ण रूपमा पकाएर नै खानुपर्छ । नत्र, यसमा भएका ब्याक्टेरिया पेटभित्र जान्छन् ।
- गर्मी मौसममा स्ट्रीट फूड यानिकी बाटोहरूमा राखिएको खाना नखानुहोस् । बाहिर खाइने भोजनमा ब्याक्टेरियाका साथै नराम्रो तेल तथा मसलाहरू हुन्छन्, जसले पेटलाई नोक्सान पुर्याउन सक्छ ।
फूड प्वाइजनिंगबाट बच्ने उपाय
- फूड प्वाइजनिंगको समस्या हुनबाट बच्नका लागि खाना बनाउनु वा खानु अघि सधैं राम्रोसँग हात धुनुहोस् ।
- भोजनलाई राम्रोसँग पकाएर मात्र सेवन गर्नुहोस् ।
- सकेसम्म फ्रिजमै राखेको बासी खाना पनि खानु हुँदैन ।
- अत्यधिक मसला तथा तेलमा तारेको, वा धेरै तेल प्रयोग गरेर खाना बनाउनबाट बच्नुहोस् ।
- अत्यधिक पानी वा झोलिलो चीजहरू खाएर आफूलाई सधैं हाइड्रेटेड राख्नुहोस् ।
Facebook Comment
Comment