कोशी सरकारविरुद्धको रिट हेर्दाहेर्दैमा

नेपालभ्युज

कोशी सरकारविरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं । कोशी प्रदेश सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा रहेको छ । पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्दाहेर्दैमा राखेको हो ।

अब यसमा असार ९ गते सुनुवाइ हुनेछ । न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले बिहीबारको सुनुवाइपछि रिटलाई हेर्दाहेर्दैमा राखेको हो ।

अदालतका न्यायाधीश बिदामा हुने भएकाले अब अर्को सुनुवाइ असार ९ मा मात्रै हुने भएको हो ।

कार्कीले आफू संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री बनेकाले आफूलाई हटाउन नमिल्ने जिकिर गर्दै आएका छन् । उनले रिटमार्फत प्रदेश प्रमुखद्वारा जारी सरकार गठनको आह्वान र दुईतिहाइले प्रदेश सभाबाट पारित विश्वासको मत लिनुपर्ने सङ्कल्प प्रस्ताव खारेजीको माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved