नेपालबाट विद्युत आयात गर्ने बंगलादेशको निर्णय

नेपालभ्युज

नेपालबाट विद्युत आयात गर्ने बंगलादेशको निर्णय

काठमाडौं । बंगलादेशले नेपालबाट विद्यत आयात गर्ने औपचारिक निर्णय गरेको छ । उसले पहिलो चरणमा ४० मेगावाट विद्युत् किन्ने भएको छ ।

मंगलबार बंगलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हुसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

भारतीय ग्रिड प्रयोग गरी नेपालबाट बिजुली आयात गर्नु पर्ने भएकाले भारतलाई प्रतियुनिट ०.०५९ रुपैयाँ व्यापारिक मार्जिन तिर्नुपर्ने निर्णय समेत बंगलादेश सरकारको छ ।

नेपालले लामो समयदेखि बंगलादेशमा विद्युत् निर्यातको पहल गरिरहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा पनि यसबारे सहमति भएको थियो ।

भारतले नेपालको विद्युत बंगलादेश निर्यात गर्न बाटो उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved