काठमाडौं । कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक बदली भई कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्विनी, कर्णाली र सदूररपश्चिम प्रदेशका केही स्थानहरुमा हावा हुरीको पनि सम्भावना छ ।
आज राती कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराईका भेगमा बढ्दो तापक्रमका कारण केही दिन अत्याधिक गर्मी हुने छ ।
तराईमा तातो हावा चल्ने सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।
गर्मीबाट जोगिन आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ९ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम ३४ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पोखरामा २० दशमलव ३ मिलिमिटर वर्षा भएको छ ।
Facebook Comment
Comment