ओलीले समाजवादी युगमा पनि जबजलाई मार्गदर्शक सिद्धान्त भनेर हिँड्नु लज्जास्पद : झलनाथ खनाल

‘केपी ओलीमा आएको यो अधोपतन रुपान्तरण हो कि होइन ? हो नि । १४ वर्ष जेल बसेका मान्छे । अहिले समाजवादी क्रान्तिको युगमा जबज हाम्रो मार्गदर्शक सिद्धान्त हो भनेर हिँडिरहेका छन् । लज्जास्पद कुरा हो । लाजमर्दो कुरा हो’, उनले भने ।

नेपालभ्युज

ओलीले समाजवादी युगमा पनि जबजलाई मार्गदर्शक सिद्धान्त भनेर हिँड्नु लज्जास्पद : झलनाथ खनाल
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी क्रान्तिको युगमा पनि एमालेले मार्गदर्शक सिद्धान्त जबज भनेर हिँड्नु लज्जास्पद भएको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमालेले मार्क्सवाद, लेनिनवादभन्दा पहिला जबज लेखेर आजको समाजवादी क्रान्तिको युगमा लाजमर्दो काम गरेको जिकिर गरेका हुन् ।

उनले समाजवादका कुरा गर्नेहरुले त्यसको वैचारिक र सैद्धान्तिक चुनौतिहरुलाई पहिचान गरेर अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याए ।

सम्मानित नेता खनालले एमाले अध्यक्ष केपी ओलीलाई बुर्जुवा विचारले अधोपतनतिर रुपान्तरण गरिदिएको दाबी गरे । १४ वर्ष जेल बसेका ओलीले अहिलेको समाजवादी युगमा पनि जबजलाई मार्गदर्शक सिद्धान्त मानेर अधोपतनको बाटोमा लागेको उनको भनाइ थियो ।

‘केपी ओलीमा आएको यो अधोपतन रुपान्तरण हो कि होइन ? हो नि । १४ वर्ष जेल बसेका मान्छे । अहिले समाजवादी क्रान्तिको युगमा जबज हाम्रो मार्गदर्शक सिद्धान्त हो भनेर हिँडिरहेका छन् । लज्जास्पद कुरा हो । लाजमर्दो कुरा हो’, उनले भने ।

सम्मानित नेता खनालले एमालेसँगको भिन्नतालाई स्पष्ट पारेर मात्रै पार्टीलाई अघि बढाउन सकिने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved